नेपाली काँग्रेस बाँके क्षेत्र नं १ प्रदेश सभा "क" का उप–सभापति श्री कमलराज कार्की की धर्मपत्नी तथा राप्तीसोनारी वडा नं १ कुर्सुवा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी हेमा डंगोल कार्कीको मिति २०८१ भाद्र ३१ गते सोमबारका दिन भारतको लखनउमा उपचारको क्रममा असामयिक निधन भएको खबरले सिंगो पार्टी लाई स्तब्ध बनाएको छ । दुःखको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दैछौं । साथै उप–सभापति कार्की लगायत शोकाकुल सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।