• "नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १, बाँके"

२०७९ को स्थानीय तहको निर्वाचन पश्चात गाउँ/नगरपालिकाहरू तेस्रो बर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको अन्तिम तयारीमा छन । स्थानीय सरकारले नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा स्थानीय पार्टी कार्यसमितिसंग समन्वय हुने नगरेको गुनासो आइरहेको छ । तसर्थ यसपटक अनिवार्य रुपमा स्थानीय पार्टी समिति (गाउँ-नगर कार्यसमिति) संग बैठक बसी नीति, योजना र कार्यक्रम, बजेटका प्राथमिकता र स्थानीय आवश्यकता लगायतका विषयमा छलफल गर्नको लागि पार्टीको तर्फबाट स्थानीय सरकारका प्रमुख उपप्रमुखलाई पत्राचार गरि सकिएको छ । यस सन्दर्भमा स्थानीय पार्टी कार्यसमिति र निर्वाचित जनप्रतिनिधि बीच संवाद र छलफलका लागि आफ्नो जिल्लाभित्र नेपाली कांग्रेसको तर्फबाट निर्वाचित गाउँ-नगरपालिका प्रमुख/उपप्रमुखहरूसंग समन्वय र सहजीकरण गर्नु गराउनु हुन र संवाद, छलफल भए नभएको सन्दर्भमा यथोचित ध्यान दिनु हुन यो परिपत्र गरिएको छ । स्थानीय सरकारलाई पठाइएको पत्र यसैसाथ संलग्न छ ।
१. नेपाली कांग्रेसले परिकल्पना गरेको समुन्नत नेपालको प्रमुख आधार नै गाउँ र नगरको समुन्नति हो । पार्टीले संकल्पपत्र मार्फत 'सबल स्थानीय सरकार समुन्नत गाउँ समुन्नत नगर' भन्ने नारा सहित गाउँ र नगरको विकास र समुन्नतिको ठोस आधार प्रस्तुत गरेको छ । यो संकल्प नै स्थानीय सरकार संचालनको एउटा प्रमुख आधार हो । स्थानीय सरकारको बार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा पार्टीको संकल्प पत्रमा उल्लेख गरिएका वाचा र पार्टीले स्थानीय तहको निर्वाचनका क्रममा स्थानीय स्तरमा व्यक्त प्रतिवद्धतालाई विशेष ध्यान दिने ।
२. नेपालको संविधानले जनताका प्रत्यक्ष सरोकारका विषयहरूमा तत्काल सेवा प्रवाह गर्ने जिम्मेवारी जनताको घर- दैलोमा रहेको स्थानीय सरकारलाई नै दिएको छ । संविधानको अनुसूची ८ र ९ तथा स्थानीय सरकार संचालन ऐन, २०७४ दफा ११ ले स्थानीय सरकारलाई प्रत्याभूत गरेका जिम्मेवारी, दीगो विकास लक्ष्य अनुसार स्थानीय तहले हासिल गर्न सक्ने स्थानीय लक्ष्य, संघ र प्रदेशका नीति तथा कार्यक्रम समेतलाई मनन गरी कार्यक्रम निर्धारण गर्न सहजिकरण गर्ने ।
३. शिक्षा, स्वास्थ्य पर्यटन, कृषि, रोजगार लगायतका क्षेत्रगत प्राथमिकताका प्रत्येक विषयमा स्थानीय आवश्यकता र जनअपेक्षा समेतलाई मध्येनजर गरी तथ्य र प्रमाणका आधारमा नीति र योजना बनाउन पार्टीको तर्फबाट समन्वय गर्ने, ठोस सुझाव उपलब्ध गराउने ।
४. योजना छनोट गर्दा नतीजामुखी, दीर्घकालीन प्रभाव छाड़ने प्रकृतिका योजना, उद्यमशीलता बिकास, आय आर्जन र रोज़गारी सृजना गर्ने खालका योजनाहरुलाई प्राथमिकता दिन, प्रतिफल हेरेर मात्र योजना बनाउन, अनुत्पादक क्षेत्रमा बजेट नराख्न सुझाव दिने ।
पुनश्च: जिल्लाभित्र स्थानीय सरकार र पार्टी समितिका बीचमा समन्वय, संवाद र सहजीकरण भए नभएको सम्बन्धमा असार मसान्तभित्र केन्द्रीय कार्यालयमा विवरण पठाउनुहोला ।
गगनकुमार थापा महामन्त्री

प्रेस विज्ञप्ति
२०८२/०४/०८
विषय : समवेदना
भाद्र १६, २०८१
विषय : प्रेस विज्ञप्ति
मिति : २०८१/०६/३१ गते
विषय : समवेदना
मिति: २०८१/०६/२६
विषय: समवेदना
मिति: २०८१/०६/२५ गते
विषय : समवेदना
मिति: २०८१/०६/२२ गते
विषय : समवेदना
मिति: २०८१/०६/२२ गते
विषय : समवेदना
मिति २०८१/०६/१४ गते
विषय : समवेदना
मिति: २०८१/०५/३१ गते
विषय : समवेदना
मिति २०८१/०४/२१ गते
विषय: समवेदना

कांग्रेसको कर्म
2024 © All Rights Reserved | Designed and Developed by sharkItService