अपराधिक मनसाय बोकेका केही आतातायी व्यक्तिहरूले हिजो राती साईधात्तिक आक्रमण गरी नेपाली काँग्रेस कोहलपुर नगरपालिक वार्ड नं. ७ का उप-सभापति, आदिवासी जनजाति संघ बाँकेका जिल्ला सदस्य आदरणीय मित्र दुर्गा बहादुर पुन मगरको हत्या गरेका छन्। हत्यामा संलग्न व्यक्तिहरूलाई प्रहरीले तत्कालै प्रकास गरी कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाएको कोहलपुरका डिएसपी धर्मेन्द्र मण्डरीले जानकारी गराउनु भएको छ। घटनाको गम्भीरतापूर्वक अनुसन्धन गरी घटनामा संलग्न रहेका सबै अपराधीहरूलाई कानून बमोजिम कडा भन्दा कडा कारवाही गर्न माग गर्दछौं।
आतातायी अपराधीको आक्रमणमा परी आकस्मिक निधन हुनु भएका दुर्गाजीक आत्माको चिरशान्तिको कामना गर्दै बेदनाचक्कत परिवारजनको कामन गर्छौं। साथै शोकाकुल सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। दुःख को यस घडीमा नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति परिवार यहाँहरू संगै रहेको जानकारी गराउँदै अपराधीहरूलाई कानुनी कारवाहीको दायरामा मित्र लाई कडा भन्दा कडा कारवाही गराउने प्रतिबद्धता पनि व्यक्त गर्दछौं।