नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ बांके र प्रदेश सभा “क” र “ख” को तेस्रो सम्मेलन नेपाली कांग्रेसका नेता माननीय डा.चन्द्र भण्डारी ज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। पहिलो पटक प्रबिधि मैत्रि रूपमा सम्मन्न भएको अधिबेशनमा पार्टीले आफ्नो क्षेत्रको अलग्गै www.nepalicongress1banke.com नामको website शुभारम्भ गरेको छ भने पार्टीले बार्षिक रूपमा गरेका गितिबिधिलाई बृत्तचित्र (Documentry) का माध्यमबाट प्रतिनिधिका माझ सार्वजनिक गरेको छ।भावी कार्ययोजना सहित सम्मेलनमा प्रस्तुत भएका सांगठनिक तथा आर्थिक प्रस्तावहरू पारीत गरियाे। सम्मेलनमा पार्टीमा योगदान पुर्याएका अग्रजहरू,द्वन्द पीडितहरू र संगठनमा महत्वपुर्ण योगदान पुर्याए वापत पालिका तथा वडा सभापतिहरूलाई पनि सम्मान गरिएको थियो।२ दिनको भारी बर्षाका कारण प्रतिकुल बनेको समयका वाबजुद पनि उत्साहजनक सहभागिता जनाउनुहुने क्षेत्रीय प्रतिनिधि ज्यु हरू लगायत पार्टीका सम्पुर्ण नेता तथा कार्यकर्ता साथीहरू प्रति क्षेत्रीय समितिको तर्फबाट हार्दिक आभार ब्यक्त गर्दछु।जय नेपाल