• "नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १, बाँके"

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. १ बाँकेको परिचय
१. पार्टीको ऐतिहासिक पृष्ठभुमि
जननायक बिशेश्वर प्रसाद कोइरालाको सक्रियतामा बि.सं. २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेसको गठन भइ बि.सं. २००६ सालमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेस बिच सम्पन्न एकिकरण पश्चात नेपाली काँग्रेसको नाम बाट संगठित र संचालित यस पार्टीले सशस्त्र आन्दोलन द्वारा १०४ बर्षे जहानिया राणा शासनको अन्त्य गरी बि.सं. २००७ सालमा प्रजातन्त्रको स्थापना गरेको गौरवपूर्ण इतिहास हामी माझ साची छ । नेपाली काँग्रेसका नेता सुवर्ण शम्सेर राणाको नेतृत्वको सरकारले सम्पन्न गरेको बि. सं. २०१५ सालको प्रथम संसदिय आम निर्वाचनमा दुई तिहाई भन्दा बढी मतबाट विजयी प्रथम जननिर्वाचित प्रधानमंत्री जननायक बि. पी. कोइरालाको नेतृत्वमा सरकार गठन भई जनहितका लागि काम गरिरहेको अवस्थामा बि.सं. २०१७ साल पुस १ गते तत्कालिन राजा महेन्द्रबाट जननिर्वाचित सरकारलाई अपदस्त गरी एक दलिय पंञ्चायती व्यवस्था लादियो । तत् पश्चात २०४६ सालमा नेपाली काँग्रेसको आहवान र सर्वमान्य नेता गणेशमान सिहको नेतृत्वमा शान्तीपुर्ण जनआन्दोलन गरी प्रजातन्त्रको पुर्नबहाली भएको सर्वविदितै छ । प्रजातन्त्रको पुर्नबहाली पश्चात नेपाली नागरिकलाई सार्वभौमसत्ता सम्पन्न नागरिकको रुपमा स्थापित गर्नुका साथै संसदीय शासन प्रणाली र बहुदलिय प्रजातान्त्रिक व्यवस्थालाई प्रत्याभुत गर्न सफल भएको अवस्थामा बि.सं. २०५९ सालमा तत्कालिन राजा ज्ञानेन्द्रको प्रतिगामी कदमले संबैधानिक व्यवस्था माथि प्रहार गरेपछि फेरी नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाको अगुवाइ र अडानमा वि.सं. २०६२ / २०६३ सालको शान्तिपुर्ण जनआन्दोलन द्वारा संसद पुन स्थापना गरेको गौरवमय एतिहासिक घटनालाई स्मरण गर्दै नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाको नेतृत्वमा दोस्रो संविधानसभा बाट बि.सं. २०७२ सालमा बहुलवादमा आधारित संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निमार्ण गरी जारी गरेको ऐतिहासिक कीर्तिमान प्रति गर्व गर्दै राष्ट्रियता लोकतन्त्र र समाजवादको सिद्धान्त एवं आदर्श मुल्य र मान्यता प्रति अटुट आस्था, दृढ अडान र निरन्तर अभियानका आधारमा न्यापुर्ण गतिशिल स्वतन्त्र र समतामुलक समाजको स्थापनाका लागि नेपाली काँग्रेस प्रतिबद्द रहदै आएको कुरा यहाँहरु माझ अवगतै छ ।

२. प्रारम्भ :
नेपालको उन्नती र नेपाली जनताको समग्र प्रगति नेपाली काँग्रेसको मुल उद्देश्य हो । वि. पी. कोइरालाको आदर्श महान शहिदहरुको बलिदानी पुर्णयोगदान पार्टीका हजारौ कार्यकर्ताको समर्पण र लाखौ सदस्यको अनवरत यात्राले पार्टीको संघर्षपुर्ण गौरवमय इतिहास कायम राखेको छ । वि.पी. संगै सुवर्ण सम्शेर, गणेशमा सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोईराला, सुशिल कोइराला र शेर बहादुर देउवाले बिभिन्न कालखण्डमा गर्नु भएको नेतृत्वका कारण मुलुकले हासिल गरेको राजनैतिक र आर्थिक उपलब्धिको जगमा हामीले देशको समृद्दि र खुशी प्राप्तिको यात्रालाई अधि बढाउनु छ ।
३. क्षेत्र नं. १, बाँकेको परिचय
बाँके जिल्लाको ६०% भुभाग ओगटेको यो निर्वाचन क्षेत्र १३९८ वर्ग किलो मिटर क्षेत्रमा फैलिएको छ । २,११,७६९ जनसंख्या रहेको यस क्षेत्रमा १,२०,२०८ मतादाता रहेका छन । साबिकका ६ गा.वि.स महादेवपुरी, कचनापुर, खास कुश्मा, बैजारपुर, बिनौना र फत्तेपुर मिलेर राप्ती सोनारी गाँउपालिका बनेको छ भने गंगापुर, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुईया गरी ६ गा वि स मिलेर नरैनापुर गाँउपालिका बनेको छ त्यसै गरी कोहलपुर, रझेना र सम्शेरगंज साविकका गा.वि.स मिलेर कोहलपुर नगरपालिका बनेको छ यीनै तिन वटा पालिका मिलाएर निर्वाचन क्षेत्र नं १ बनेको छ सोही निर्वाचन क्षेत्रलाई नै आधार मानेर नेपाली काँग्रेस क्षेत्र नं. १ पार्टीको संरचनामा रहेको छ । भौगोलिक रु पमा देशकै ठूलो गाउँपालिकाको अग्रसुचिमा पर्ने राप्तीसोनारी गाँउपालिका लगायत भारतको सिमाना जोडिएको नरैनापुर र सुदुर तथा कर्णाली प्रदेश समेतको प्रवेशद्वारको रुपमा रहेको विकासोन्मुख कोहलपुर नगरपालिका समेत रहेको यस क्षेत्रमा बहुभाषा, धर्म, संस्कृति युक्त मानव बस्ती रहेको छ । देशकै कान्छो राष्ट्रिय निकुञ्ज भनेर चिनिने बाँके राष्ट्रिय निकुञ्ज देखि धार्मिक दृष्टिले महत्वपूर्ण मानिने भूवरभवानी मन्दिर, सन्तानेश्वर महादेव मन्दिर, बर्फानी बाबाको मन्दिर, विभिन्न बौद्ध गुम्बा, मस्जिद र मठमन्दिरहरु रहेकाछन ।


नेपाली काँग्रेस पार्टी संगठनको हिसावले बाँके क्षेत्र नं. १ मा अग्रस्थानम रहदा रहदै पनि २०४८ र २०५६ सालको आम निर्वाचन बाहेक अन्य संसदीय निर्वाचनमा सफलता प्राप्त गर्न सकेन । नेपालको संविधान २०७२ मा भएको व्यवस्था अनुसार संघिय लोकतान्त्रिक गणतन्त्रमा राज्यको संरचना परिवर्तन भए पश्चातको प्रथम निर्वाचन २०७४ मा देशको तत्कालिन राजनैतिक परिवेश कर्मानिष्टहरुको गठवनधनका कारण संघ र प्रदेशको चुनावमा पार्टीले नराम्रो हार व्यहोर्नु परयो भने स्थानिय तहको निर्वाचनमा उत्साहजनक सफलता मिल्यो । स्थानिय तहको निर्वाचनमा सफलता मिल्नुको प्रमुख कारण स्थानिय तहको निर्वाचनमा कर्मानष्टहरुको गठबन्धन नहुनुनै थियो । त्यसै गरी हालै सम्पन्न २०७९ को निर्वाचनमा भने यस क्षेत्रमा नेपाली काँग्रेस बलियो हुदाहदै पनि बिभिन्न पार्टी संग भएको गठबन्धन मतदाहरुलाई मन नपर्नु, जस्को फलस्वरुप राजनीति प्रति मतदाताहरुको वितृष्णा फैलिनु, नयां बिकल्प खोज्न प्रयास गर्नु, गठबन्धनका दलहरुको आपनो पार्टी भित्रको आन्तरीक कलहका कारणले संघ र प्रदेशको निर्वाचनमा सफलता प्राप्त गर्न नसकिएता पनि स्थानिय तहको निर्वाचनमा भने ऐतिहासिक सफलता प्राप्त भएको कुरा यहाँहरु माझ छलङ्ग छ । बिभिन्न कालखण्डको बिषम परिस्थितिमा पनि पार्टीको संगठनलाई विकास, बिस्तार र सुदीढीकरण गर्दै यस क्षेत्र नं. १ को नेतृत्व गरी पार्टीलाई यो अवस्था सम्म पुरयाउनुहुने पुर्व क्षेत्रिय सभापतीहरु स्व. माया गिरी, कृष्ण प्रसाद पौडेल, स्व. कुलमान थापा, नारायण प्रसाद सिग्देल, नारायण प्रसाद गौडेल, नर बहादुर मल्ल, रामचन्द्र मौर्य र निवर्तमान सभापती माधव राम खत्री लगायत उहाँहरुको कार्यसमिति र पार्टीको संरचना अनुसार हरेक तहको नेतृत्वमा रही पार्टीमा पुरयाउनु भएको अतुलनिय योगदानको उच्च कदर गर्दै उहाहरु प्रति उच्च सम्मान व्यक्त गर्दछौ ।


४. पार्टीको संरचना र अवस्था :

  •  निर्वाचित क्षेत्रिय कार्यसमिति संख्या: २५
  •  मनोनित क्षेत्रिय सदस्य संख्या        ः५
  • आमन्त्रित क्षेत्रिय सदस्य संख्या       ः८
  • सल्लाहकार समिति संख्या            ः११
  • कार्यसम्पादन समिति संख्या          ः१९
  • क्षेत्रको संसदिय समिति संख्या       ः१४
  • क्षेत्रबाट गठन भएका शाखा संख्या :१७
  •  
  • प्रदेश सभा क्षेत्र संख्या                   :२
  • पालिका संख्या                             :३
  • वडा संख्या                                  :३०
  •  
  • जम्मा क्रियासिल सदस्य संख्या        :४०४०
  • कोहलपुरमा क्रियासिल संख्या         :२२७९
  • राप्ती सोनारीमा क्रियाशिल संख्या    :१३३२
  • नरैनापुरमा क्रियाशिल संख्या          :४२९
  •  
  • जम्मा क्षेत्रिय प्रतिनिधि संख्या          :६०५
  • कोहलपुरमा क्षेत्रिय प्रतिनिधि संख्या :३२४
  • राप्ती सोनारीमा क्षेत्रिय प्रतिनिधि संख्या :१७५
  • नरैनापुरमा क्षेत्रिय प्रतिनिधि संख्या: १०६ 
  •  
  • जम्मा टोल समिति संख्या           :१८५
  • कोहलपुरमा टोल समिति संख्या  : १०६
  • राप्ती सोनारीमा टोल समिति संख्या: ५५
  • नरैनापुरमा टोल समिति संख्या      :२४

प्रेस विज्ञप्ति
२०८२/०४/०८
विषय : समवेदना
भाद्र १६, २०८१
विषय : प्रेस विज्ञप्ति
मिति : २०८१/०६/३१ गते
विषय : समवेदना
मिति: २०८१/०६/२६
विषय: समवेदना
मिति: २०८१/०६/२५ गते
विषय : समवेदना
मिति: २०८१/०६/२२ गते
विषय : समवेदना
मिति: २०८१/०६/२२ गते
विषय : समवेदना
मिति २०८१/०६/१४ गते
विषय : समवेदना
मिति: २०८१/०५/३१ गते
विषय : समवेदना
मिति २०८१/०४/२१ गते
विषय: समवेदना

कांग्रेसको कर्म
2024 © All Rights Reserved | Designed and Developed by sharkItService