
नेपाल देशको उन्नति अनि नेपाली जनताको समग्र प्रगति नेपाली कांग्रेसको मुल अभिष्ट हो l वीपी कोइरालाको विचार, कैयन सहिदको बलिदान, हजारौं योद्धाको समर्पण र लाखौं सदस्यको अनवरत यात्रा हाम्रो त्यही अभिष्टमा केन्द्रित र लक्ष्यित छ l
वीपी संगै सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले विभिन्न कालखण्डमा यो पार्टीको र समग्र देशको नेतृत्व गर्नुभयो l उहाँहरुको नेतृत्वमा मुलुकले हासिल गरेको राजनैतिक र आर्थिक उपलब्धिको जगमा हामीले नेपाल देशको समृद्धि र खुसी प्राप्तिको यात्रालाई अघि बढाउनु छ l
राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्त एवं आदर्शप्रति अटुट आस्था, दृढ़ अडान र निरन्तर अभियानमा नेपाली कांग्रेस सदैब अविचलित रहनेछ l
जय नेपाल ।
शेरबहादुर देउवा
सभापति, नेपाली कांग्रेस
बी. पी. कोइराला भाषण दिँदै
कृष्ण प्रसाद भट्टराई
बीपी कोइरालाको भाषण